(१) केन्द्रको कार्यालय काठमाडौं वा केन्द्रको निर्णय अनुसार नेपालको अन्य कुनै स्थानमा रहनेछ ।
(२) केन्द्रको कार्यालय स्थापना गर्नको लागि केन्द्रले नै खर्च व्यहोर्ने गरी नेपाल सरकारले उपयुक्त भवन उपलब्ध ग राई दिनेछ ।
(३) केन्द्रले आफ्नै भवन निर्माण गर्ने निर्णय गरेमा नेपाल सरकारले त्यस्तो भवन निर्माण गर्न उपयुक्त हुने स्थानमा डेढ हेक्टर जमिन निशुल्क उपलब्ध गराई दिनेछ ।
(४) नेपाल सरकारले उपदफा (२) वा (३) बमोजिम उपलब्ध गराइएको भवन वा जमिनमा आवश्यक पर्ने बिजुली, पानी, टेलिफोन, टेलिग्राम, सडक, ढल निकास इत्यादि आधारभूत सुविधा समेतको व्यवस्था गरिदिनेछ ।
(५) केन्द्रको कार्यालय भवन तथा जग्गा जमिनलाई केन्द्रको उद्देश्य प्राप्तिको लागि मात्र प्रयोग गरिनेछ ।
(६) केन्द्रको कार्यालय भवनको मरमत तथा संरक्षण र त्यसमा जडान भएको सुविधा तथा उपकरणको स्याहार सम्भारको सम्पूर्ण दायित्व केन्द्रमा नै रहनेछ ।